भारतको सुनौली नेशनल राजमार्ग को देबपुर चोक नजिकै सुक्रबार दिउसो करिब २ बजेर ३० मिनेट मा कार र ट्यांकर एक आपसमा ठोकिदा कारका चालक सहित सात नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने नेपाली कुन ठाउका हुन् र कोको हुन् अझै खुलेको छैन । प्रत्क्ष्यदर्शीका अनुशार कार र ट्यांकर ठोकिदा कारको पुरै भाग दबेको र खोलामा खसेको थियो । मृत्यु हुने नेपालीको कसैको शिर छिनेको र कसैको हात खुट्टा छिनेको छ ।
सडकसंग जोडिएको खोला बाट सबै मृतकको सब झिकेर उत्तर प्रदेश पुलिसले थप अनुशन्धान गरिरहेको छ । मृतक नेपालिहरुमा दुइ बच्चा, एक महिला, र पाँच पुरुष रहेका छन् ।
प्रहरीका अनुशार अहिले सम्म नेपालीको बारेमा केहि पत्ता लागेको छैन ।