सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठक यस्तो निर्णय गरेको हो । सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो ।
सरकारले विदेशमा रहेका नावालकहरूको हकमा दुई वर्षका लागि आवधिक राहदानी दिने व्यवस्था यसअघि पनि गरेको थियो । अब त्यस्तो राहदानीको म्याद ४ वर्षको हुनेछ । वालिग भएपछि नागरिकता बनाउनुपर्ने छ । नागरिकता लिएपछि १० वर्षे अवधिसहितको पासपोर्ट बनाउन सकिने प्रावधान रहेको छ ।