सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज गरेको छ ।
वरीयतामा पहिलो नम्बरमा रहेको आफूलाई प्रहरी महानिरीक्षक नबनाएको भन्दै उनले रिट हालेका थिए । सर्वोच्चले सिलवालको मागदाबी नपुगेको ठहर गरेको छ ।
आजको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।
पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य थिए ।
सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवालअगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो ।
त्यसपछि आइजीपीका प्रत्यासी डीआईजी नवराज सिलवालले २०७३ चैत्त ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।