सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
झापा, चितवन, रुपन्देही लगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालयअन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका थिए ।
निजी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।