प्रदेश नं २मा स्थानिय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न,करिब ७० प्रतिशत मत खस्यो

प्रदेश नं २मा स्थानिय तह निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न,करिब ७० प्रतिशत मत खस्यो
समाचार

 तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदानको समय अहिले ५ बजेबाट सकिएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान सांझ ५ बजेबाट सकिएपनि सो अगावै मतदानका लागि लाइनमा बसेकालाई भने भोट खसाल्न दिईएको सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयले जनाएका छन् । छिटपुट घटनाबाहेक अधिकांश स्थानीय तहमा मतदान शान्तिपुर्ण रुपमा मतदान भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

प्रदेश नम्बर २ का सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, महोत्तरी, बारा र पर्सामा आज मतदान भएको हो । सवै जिल्लाहरुमा उल्लेख्य संख्यामा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगकाअनुसार ७० देखि ७२ प्रतिशतसम्म मतदान भएको छ । २ नम्बर प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

२ नम्बर प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । निर्वाचनलाई ध्यानमा राख्दै ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी खटाईएको निर्वाचन आयोगले जनाएको छ । साँझ ५ बजे सम्म चल्ने मतदानका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् ।

Post Comment