इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमन्डल, दुई राज्यमन्त्री थपिए

इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमन्डल, दुई राज्यमन्त्री थपिए
समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी शर्मालाई नियुक्त गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री देउवाले सोमबारै सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

योसँगै देउवा मन्त्रिमन्डल ५६ सदस्यीय भएको छ । यो नेपालको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमन्डल हो ।

Post Comment