डोनाल्ड ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’को संज्ञा

डोनाल्ड ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’को संज्ञा
समाचार

 इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को संज्ञा दिएका छन् ।

संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिँदै दुष्टको संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थिए ।

परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबीच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका थिए ।

ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताएका थिए ।

त्यसको जवाफमा महासभामासम्बोधन गर्नुभएका इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरेका हुन् ।

रुहानीले आफ्नो देशले पहिले परमाणु सम्झौता उल्लंघन नगरेको दाबी गरेका थिए ।

तर कसैले उल्लंघन गरेमा वा आफ्नो देशलाई हानी गर्न खोजेमा इरानले त्यसको जवाफ भने दिने रुहानीको चेतावनी थियो ।

Post Comment