प्रधानमन्त्री शेर बहादुर देउवाले एनआरएन नागरिकता दिने संविधानमा उल्लेख भइसकेको हुदां सरकार यसलाई कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले एनआरएन अमेरिकाका पदाधिकारीहरुलाई उक्त आश्वासन दिएका हुन् ।
नेपालको संविधानमा गैर आवासीय नागरिकता प्रदान गर्ने उल्लेख छ । तर, यसको कार्यान्वयन भने भएको छैन । संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने सवालमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले बताउनु भएको एनआरएन अमेरिकाका महासचिव बाबुराम लामा द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएन अमेरिकाले विदेशमा बस्ने नेपालीका चासोका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकषर्ण गराएका थिए । वरिष्ठ उपाध्यक्ष सुनिल शाहको नृेतृत्वमा गएको एनआरएन अमेरिकाका पदाधिकारीहरुले नागरिकता लगायत, दोहोरो कर अन्त्य अन्त्य, विदेशमा बस्ने नेपालीलाई मतदिने अधिकार, नेपालीको सङ्ख्या धेरै भएको स्थानमा बािणज्यदुतावास स्थापना लगायतका विषयमा प्रधानमन्त्रीलाई लिखित ध्यानाकषर्ण गराएका थिए ।
प्रधानमन्त्रीले दोहोरो कर उन्मुक्तिका सवालमा पनि सरकार सकरात्मक रहेको जानकारी गराएका थिए । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिलाउने विषयमा सरकार सकारात्मक रहेपनि अभ्यासमा ल्याउन विभिन्न जटिलता रहेको प्रधानमन्त्रीले बताएका थिए ।