देवतालाई पसिना आएपछि अनिष्ट टार्न राष्ट्रपतिद्धारा क्षमा याचना पुजा

देवतालाई  पसिना आएपछि अनिष्ट टार्न राष्ट्रपतिद्धारा क्षमा याचना पुजा
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमसेन मन्दिरमा क्षमा पूजाका लागि पुजा सामग्री पठाएकी छिन् । भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाएकी हुन ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि शीतलनिवास पुगेर क्षमा पूजा गर्न आग्रह गरेका थिए । उनीहरुले शीलाको पसिना पुछेको कपास राष्ट्रपतिलाई प्रसादस्वरुप दिएका छन् ।

यसअघि २०७० सालमा मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले क्षमा पूजा गरेका थिए ।

Post Comment