गामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ।
निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारबाही अघि बढाइरहेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावली स्वीकृत गरेको हो । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएका मतदाताको नाम स्वीकृत गरिएको हो।
पुरुष मतदाता ७७ लाख ७६ हजार ४ सय ९६, महिला मतदाता ७६ लाख ५१ हजार ६५ र तेस्रो लिंगी मतदाता १ सय ७०
स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाता संख्या ७७ लाख ७६ हजार ४ सय ९६, महिला मतदाता संख्या ७६ लाख ५१ हजार ६५ र तेस्रो लिंगी मतदाता संख्या १ सय ७० छ ।
पछिल्लो अद्यावधिक अनुसार प्रदेश १ मा २९ लाख ९३ हजार ६ सय ६९ मतदाता छन् । प्रदेश २ मा २७ लाख ६७ हजार ३ सय ६९ र प्रदेश ३ मा ३० लाख ७४ हजार ४ सय १२ मतदाता पुगेका छन् । यसैगरी, प्रदेश ४ मा १५ लाख ६८ हजार ८ सय २९, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेका छन्।
डोल्पा जिल्लाको काइके र छार्का ताङसोङ गाउँपालिकाका २ सय ४० मतदाताको स्पष्ट विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ।