बिश्वभर छरिएका कस्केलीहरुलाई एकताबद्ध बनाउनका लागि स्थापना भएको संस्था हो कास्की आदर्श सेवा समाज अन्र्तराष्ट्रिय समन्वय परिषद् । यस संस्थाले हाल १० वटा मात्रै देशलाई समेटेको भएतापनि पहिलो सम्मेलन पश्चात भने संगठन बिस्तार हुने बताउनुहुन्छ महासचिव गोबिन्द प्रसाद पौडेल ।
संस्थाको पहिलो बिश्व सम्मेलन पोखरामा यहि असोज २३ गते हुदैछ । यसै सम्मेलन र संस्थाका बारेमा युस नेपाल न्युज डटकमले महासचिव पौडेल संग कुराकानी गरेको छ:
संस्थाको स्थापना किन ?
बिश्वभरि छरिएका कस्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने उद्धेश्यका साथ बिश्वका बिभिन्न ठाउँमा रहेका कस्केीहरुलाई एकजुट बनाउन स्थापना गरिएको हो ।
हालसम्म कति वटा देशमा संस्था बिस्तार भएको छ ?
वर्तमान अवस्था मा कतार, दुबई, पोर्चुगलमा कास्की आदर्श सेवा समाज को नाम सस्था रहेका छन भने अरु देशमा कास्की समाज, कास्की पोखरा समाज जस्त नामबाट संस्थाहरु बिभिन्न देशमा रहेका छन् उनिहरुलाई पनि समेट्ने गरि तयारीमा छौं हाल सम्म करिब १० देशका कस्केलीहरु यस संस्थामा आवद्ध हुनुहुन्छ । यसका साथै अरु २०/२२ देशहरु सम्पर्कमा रहेका छन ।
सदस्यताको प्रकृया के छ ?
सदस्यता भन्दा पनि बिभिन्न देशमा रहेका त्यस्ता समाजमा आवद्ध भएकाहरुलाई समेटेपछि उक्त देशमा हामिले सोही समाजबाट नै सदस्यता बिस्तार गर्ने छौं । सोही सस्थालाई नै सम्पर्क गरेर सदस्यता लिन सकिने छ ।
अर्को कुरा हामिले बिदेशमा लामो समय रहेर कास्की फर्किनु भएकाहरु लाई पनि सदस्यता प्रदान गर्ने र समेटेका छौं । उहाँहरुले कास्कीमा रहेर समन्वयको काम गर्नुहुनेछ ।
नेपाल बाहिर सबैभन्दा कस्केली कहाँ कहाँ रहेका छन् केही तथ्यांक छ ?
तुलनात्मक रुपमा बेलायत, कतार , जापान ,अमेरिका , स्पेन , पोेर्चुगल , बेल्जीयम , कुवेत , दुवई , बहराईन कोरिया नर्वे डेनमार्क लगाएतका देशमा कस्केलीहरु बढि हुनुहुन्छ ।
पहिलो बिश्व सम्मेलनको तयारी कस्तो हुदैछ ?
तयारी हामि अन्तिम चरणमा रहेका छौं । हामी सम्मेलनको पूर्ब सन्ध्यामा राखिएको खुल्ला साइकल म्याराथन प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि लागि परिरहेका छौं ।
म्याराथन के कसरी गर्दै हुनुहुन्छ ?
यसको आयोजक हामि भएतापनि व्यबस्थापन पश्चिमाञ्चल खेलकुद बिकास समितिले गरेको छ । करिब २१ किमि को म्याराथनका लागि हामिलाई पुरस्कार प्रायोजन एनआरएन केन्द्रिय सदस्य तथा कास्की समाज पोर्चुगलका प्रमुख रमेश गुरुंगले गर्नुभएको छ ।
पुरस्कार के कति छ ?
हजुर । हामिले प्रथम द्धितिय तृतिय र सान्तवनालाई क्रमश ४० हजार , २० हजार , १० हजार र ५ हजारको पुरस्कार व्यबस्था गरेका छौं ।
यसपछिका योजना के के छन् ?
पहिलो हामि संगठन बिस्तार गर्छौ । यो प्रमुख काम हो । यसपछि अमेरिकामा एउटा मात्रै स्टेटमा समाज छ यसलाई बृहत अमेरिका भरिको बनाउने छौं । यस्तै धेरै भन्दा धेरै देशहरुमा बिभिन्न नाम बाट रहेका समाजलाई यसैमा आवद्ध गर्छौ । साथ साथै बिदेशमा लामो समयमा बसेर कास्की फर्कनुभएकाहरुलाई संस्थामा आवद्ध गराएर कास्कीमा स्थानिय रुपमा संयोजनको जिम्मा दिनेछौं ।