प्रथम विश्व कास्की सम्मेलनको तयारी पुरा,उद्धघाटन पूर्व म्याराथुन प्रतियोगिता

प्रथम विश्व कास्की सम्मेलनको तयारी पुरा,उद्धघाटन पूर्व म्याराथुन प्रतियोगिता
समाचार

“विश्वभरी छरिएर रहेका कस्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूलनाराका साथ  यही असोज २३ गते पोखरामा  प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ ।

कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा आफ्नो जन्मथलो कास्की जिल्लाको समग्र विकासका लागि सम्मेलन गर्न लागिएको संयोजक पूर्ण तिमिल्सीनाले जानकारी दिनुभयो ।

“विश्वमा छरिएका कस्केलीको साझा मञ्च निर्माण गरी यस क्षेत्रको समग्र विकास, प्रविधि, सीप एवं विदेशमा हासिल गरेको ज्ञानलाई जिल्लामा भित्र्याउने हाम्रो सोच हो,” उहाँले भन्नुभयो, “जन्म थलोसँग सम्पूर्ण कस्केलीलाई जोड्दै यहाँको समृद्धि र विकासमा योगदान पु¥याउनका लागि यो सम्मेलन आयोजना गरिएको हो ।”

सम्मेलनमा कास्कीका विभिन्न राजनैतिक दल, वृद्धिजिवी, पेशा व्यवसायी, उद्योगी व्यावसायी लगायत विभिन्न पक्षका व्यक्तित्वहरुसंग कास्की विकासको सार्थक वहस र छलफल गरिने छ ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने सम्मेलनमाको पूर्व सन्ध्यामा असोज २३ गते बिहान पोखरामा २१ किमी(हाफ म्याराथुन) दौड प्रतियोगिता आयोजना गरिने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिने परिषद्का महासचिव गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पुरस्कारको सौजन्य पोर्चुगलका पर्यटन दूत एवं कास्की समाज पोर्चुगल प्रमुख संरक्षक रमेशकुमार गुरुङले गर्नुभएको आयोजकले जनाएको छ ।

 

Post Comment