कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमितिले आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरेको छ । पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै समाजले एक बर्ष भित्र धेरै भन्दा धेरै देशमा रहेका कस्केली समाजहरुलाई एक बनाउने लक्ष्य राखेको छ । पोखरामा भएको पहिलो बिश्व सम्मेलन मार्फत ८ बुदें घोषणा पत्र जारी गरेको थियो ।
पत्रकार सम्मेलनमा जारी गरिएको घोषणा पत्र पत्र पढेर सुनाउँदै महासचिव गोबिन्द प्रसाद पौडेलले बिदेशमा बस्ने नेपालीहरुलाई एकपटकको नेपाली सधैंको नेपाली भन्ने मुल नाराका साथ सम्पूर्ण अधिकार सहीतको दोहोरो नागरिकता प्राप्तीका लागि सरकारसंग जोडदार माग गर्ने, कास्की जिल्ला भरिका १ सय जना बिद्यार्थिहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्ने, लागानी बोर्डको स्थापना गरि पर्यटन कृषि तथा आधुनिक प्रविधि स्वदेश भित्राउने र रोजगारको प्रर्वधन गर्ने, पोखरालाइ बिदेशका उत्कृष्ट शहरहरु संग भागिनि सम्बन्ध बिस्तार गर्ने जस्ता योजना रहेको बताए ।
कार्यक्रममा बोल्दे समाजका अध्यक्ष पूर्ण प्रसाद तिमिलसीनाले पोखरालाई आर्थिक समृद्धिको बाटोमा अगाडी बढाउँदै थप रोजगारीका अबसर सिर्जना गर्नका लागि कास्की समाजले योजनाबद्ध तरिका बाट अगाडी बढ्न चाहेको बताउँदै स्थानिय संस्थाहरुलाई समन्वयका लागी आग्रह गरे ।
हामिले पठाएको रेमिट्यान्स खोलामा बगेर गएको छ उनले भने:-” त्यो रेमिट्यान्सको सहि सदुपयोग र त्यसबाट लागनी गरेर अन्य रोजगारीको अबसर सिर्जना गर्ने , नयाँ प्रबिधिको प्रयोग गर्दै आधुनिक तरकारी खेती गर्ने जस्ता कामहरु गर्न सके भित्रिएको रेमिटन्सको सदुपयोग हुने थियो ।” आफुहरु कास्कीमा कृषि , पर्यटन लगाएतका क्षेत्रमा लगानी गर्न तयार रहेको समेत उनले बताए ।
गत असोज २४ गते सम्पन्न बिश्व कास्की सम्मेलनले २६ सदस्य कार्यसमिति चयन गरेको थियो ।