गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङ(घले) बीच भीडन्त प्रतिस्पर्धा हुने पक्का भएको छ । अध्यक्षका अर्का दाबेदार टीबी कार्कीले उम्मेदवार फिर्ता लिएसँगै भट्ट र घलेबीच भीडन्त पक्का भएको हो ।
मध्यपूर्वका एजेण्डा दुई उम्मेदवारलें पूरा गर्ने वचनबद्धता गरेकोले आफूले उम्मेदवारी फिर्ता लिएको कार्कीले बताए । एनआरएनको अध्यक्षका लागि आइतबार नै भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने जमुनाले आज बिहान उम्मेदवारी दर्ता गराएकी थिइन् ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।
यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक÷एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एक÷एक जना रहने व्यवस्था गरिएको छ ।
ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ नेतृत्वको लागि सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् ।