एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित,कसलाई कति मत ?

एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित,कसलाई कति मत ?
समाचार

गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् ।

कसलाई कति मत ?
सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्।

संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

भट्टको प्रतिवद्धता
अध्यक्षमा निर्वाचित भट्टले सबैलाई एकढिक्का बनाई एनआरएनएका हालसम्म का सबै एजेन्डा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डा समेत अघि बढाउने भट्टले बताए ।

शनिबारदेखि शुरु भएको सम्मलेनमा सोमबार राति अबेर मत परिणाम सार्वजनिक भएको हो ।

गोरखाका अध्यक्ष र उपाध्यक्ष
-गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् ।

-उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् । उपाध्यक्षमा विजयी पन्त पनि गोरखामा जन्मेका हुन् ।

-उपाध्यक्ष र महासचिवमा विजयी पन्त र केसीले सोही पद दोहोर्याएका हुन् ।

-उपाध्यक्ष  पन्त  जर्मनी र आचार्यले बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

-महासचिव केसी रसियामा कार्यरत छन् । महिला उपाध्यक्ष राजभण्डारी वेस्ट एनआरएनबाट सम्मानित पनि हुन् ।

क्षेत्रमा को को भए विजयी ?
युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये,
बेल्जियमका : शिव बरुवाल
युरोप क्षेत्रीय उपसंयोजक : गोविन्द गौतम र एकराज गिरी
युरोप क्षेत्रीय महिला संयोजक :  संगीता मरहठ्ठा (बेलायत)

अमेरिका क्षेत्रीय संयोजक : गौरीराज जोशी
अमेरिका क्षेत्रीय उपसंयोजक : नवीन शेरचन
क्षेत्रीय महिला उपसंयोजक : संगीता लम्साल शिवाकोटी

ओशिनिया क्षेत्रीय संयोजक : धर्मराज अधिकारी (अष्ट्रेलिया)
ओशिनिया क्षेत्रीय महिला उपसंयोजक : प्रिती शर्मा

मध्यपूर्व क्षेत्रीय संयोजक : आरके शर्मा (कतार)
मध्यपूर्व उपक्षेत्रीय उपसंयोजक : गोपाल कँडेल र प्रवीण गुरुङ
क्षेत्रीय उपसंयोजक : राजकुमार बस्नेत

एशिया प्रशान्त क्षेत्रीय संयोजक : किरणविक्रम थापा
एशिया प्रशान्त क्षेत्रीय उपसंयोजक : पारसमणि पोखरेल र विनोद कुँबर
एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजक : जुनु गुरुङ (दक्षिण कोरिया)

अफ्रिकाको क्षेत्रीय संयोजक : सुनिल कार्की
उपसंयोजक : डा. भुवन ढकाल र शिव पौडेल

एनआरएन बारे
-एनआरएन सन् २००३ मा स्थापना भएको हो ।
-एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ ।
-समिति अन्तर्गत छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ ।
-सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुकका गैरआवासीय नेपाली सहभागी थिए ।
-एनआरएनएले हालसम्म ७८ मुलुकमा सञ्जाल विस्तार गरिसकेको छ ।
-महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

Post Comment