निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा तान्न अनुमति दिएको छ ।
खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आपूर्तिले सहमति माग गरेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आपूर्ति मन्त्रालयलाई सहमति प्रदान गरिएको जानकारी दिए ।
आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै खड्कालाई सरकारले जिम्मेवारीबाट हटाएको थियो । तर, सर्वोच्चले तत्काललाई निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि खड्का काममा फर्किएका थिए । आयल निगममा रहँदा खड्काले थप हानी पुर्याउनसक्ने भन्दै मन्त्रालयलाई झिकाउन निर्वाचन आयोगसँग सहमति मागिएको थियो ।
निर्वाचन आचारसंहिता लागू भएकाले कुनै पनि कर्मचारीको सरुवा गर्दा वा जिम्मेवारी हेरफेर गर्दा निर्वाचन आयोगको सहमति लिनुपर्ने व्यवस्था छ ।