देउवा,ओली र प्रचण्ड आज एउटै मञ्चमा

देउवा,ओली र प्रचण्ड आज एउटै मञ्चमा
समाचार

प्रजातान्त्रिक र वाम गठबन्धनको नाममा दलहरु विवादमा अल्झिइरहेको बेला  उपराष्ट्रपति  नन्दबहादुर पुन पासाङले  तिनै नेताहरुलाई  आज एकै मञ्चमा भेला गराउँदैछन् ।

उपराष्ट्रपतिले शुभ दिपावली, छठ–२०७४ एवम् नेपाल संवत् ११३८ को अवसरमा आज जलपान समारोहको आयोजना गरेका छन् ।

अपरान्ह ३ बजे उपराष्ट्रपति भवनको प्राङ्गणमा सुरुहुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायधीश लगायत उच्च पदाधिकारीहरु सहभागी हुनेछन् ।

यस्तै पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वहरुको पनि समारोहमा उपस्थिति रहने  उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

Post Comment