उज्यालो नेपालमा सहकार्य गर्न एनआरएनए अध्यक्ष भट्टको आग्रह

उज्यालो नेपालमा सहकार्य गर्न एनआरएनए अध्यक्ष भट्टको आग्रह
समाचार

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।

भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक कर्मभूमि जापान आउनुभएका भट्टले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विचार व्यक्त गर्नुभएको हो । विदेशमा भएका हरेक नेपालीको सपनासँग जोडिएको उज्यालो नेपाल अभियान एनआरएनएको मात्र नभएको भन्दै उहाँले देश उज्यालो बनाउन २०० मेगावाट विद्युत्को आवश्यक रहेकोले त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

यस कार्यलाई युग परिवर्तनको संज्ञा दिनुभएका भट्टले ‘नया“ युगको सुरुआत सबैको एकसाथ’ भन्ने नारा देश बनाउन रचेको बताउनुभयो । यो कार्यमा समग्र जापानवासी नेपालीको साथ सहयोग आवश्यक छ भन्दै भट्टले समग्र नेपालीले रोजेको समृद्ध देश निर्माणमा उज्यालो अभियानको नारालाई सफल पार्न विदेशमा भएका नेपालीको सहकार्य र नेपालमा भएका नेपालीबीच एकता भए असम्भव नरहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारीले भट्टलाई खादा र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

Post Comment