सन् २०१८ मा रसियामा हुन गइरहेको विश्वकपलाई लक्षित गर्दै आतंकवादी संगठन आइएसआइएसले धम्की दिएका छन् । आइएसले लियोनल मेस्सीको पोस्टर सार्वजनिक गर्दै यस्तो धम्की दिएका हुन् ।
पोस्टरमा लियोनल मेस्सीले रगतको आँशु बगाउँदै गरेको देखाइएको छ । पोस्टरमा बार्सिलोना स्टार जेल पछाडि रहेको र एक खाले डरमा रहेको देखिन्छ ।
अर्को पोस्टरमा लेखिएको छ, म कसम खान्छु कि रसियामा रहेका मुजाहिदिद्नका दुश्मनहरुलाई जलाएर छाड्ने छु । बस तिमी पर्खेर बस
सन् २०१८ को फिफा विश्वकप रसियाका ११ शहरहरुमा खेलिने छन् । जुन १४ देखि सुरु हुने विश्वकप जुलाइ १५ मा सकिनेछ । फाइनल खेल लुजनिकी स्टेडियममा हुनेछ ।
ग्ल्याण्डका दशौ हजार फ्यानहरु सेन्ट पिट्सबर्ग आउने आशा गरिएको छ । सेन्ट पिटर्सबर्ग रसियाको दोस्रो ठुलो शहर हो । अप्रिलमा अण्डर ग्राउण्डमा आइएसले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गएको थियो ।
रसियाले सिरियामा आक्रमण गरेपछि आइएसले बदला लिन पनि आक्रमण गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।