उत्तर कोरियाबारे डरलाग्दो रिर्पोट : एक झट्कामै जानेछ २० लाख निर्दोषको ज्यान

उत्तर कोरियाबारे डरलाग्दो रिर्पोट : एक झट्कामै जानेछ २० लाख निर्दोषको ज्यान
समाचार

पछिल्लो समय उत्तर कोरियाका बारेमा खतरनाक रिर्पोट सार्वजनिक भएको छ। दक्षिण कोरियाले सार्वजनिक गरेको रिर्पोट अनुसार उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई निशाना बनाएर आक्रमण गरे एकै झट्कामा २० लाख मानिसको ज्यान जान सक्छ।

यस अघि उत्तर कोरियाका तानाशाही नेता किम जोङले कुनै तरिकाले अमेरिकाले आफुमाथि आक्रमण गर्ने प्रयास गरे त्यसको नतिजा नराम्रो हुने चेतावनी दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाले मिसाइल परीक्षण कार्य बन्द नगरे युद्ध गर्न आफू तयार रहेको बताउदै आएका छन्।

ट्रम्प युद्धका लागि तयार रहेको बताएकै बेला दक्षिण कोरियाले उत्तरको आक्रमणबाट हुन सक्ने क्षतिका बारेमा एक रिर्पोट सार्वजनिक गरेको थियो। ट्रम्पको आक्रामक निर्णयबाट दक्षिण कोरिया र जापानमा ठूलो क्षति हुने रिर्पोटको निष्कर्ष छ।

आफ्नो दुश्मनी मानेर अमेरिका र उत्तर कोरियाका नेताले एक आपसमा वाक युद्ध गर्नु विश्वकै लागि शुभ संकेत नभएको रिर्पोटमा उल्लेख छ। यही वाक युद्धकै कारण कतै विश्व युद्ध नै सुरु भए त्यसको परिणाम निकै खतरनाक हुने रिर्पोटले देखाएको छ। युद्धका क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले जापान र दक्षिण कोरियामाथि हमला गरे एकै झट्कामा २० लाख मानिसको ज्यान जाने र ७० लाख मानिस घाइते हुने रिर्पोटमा उल्लेख छ।

Post Comment