न्युयोर्क आक्रमणका दोषी २९ वर्षीय ड्राइभर “सेफुलो”

न्युयोर्क आक्रमणका दोषी २९ वर्षीय ड्राइभर “सेफुलो”
समाचार

अमेरिकाको न्युयोर्कको तल्लो म्यानह्याटनमा एक चरमपन्थीले आफ्नो ट्रक फुटपाथ र साइकल लेनमा चढाउँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरुले यो घटना चरमपन्थी हमलाको रुपमा लिएका छन् । संदिग्धलाई प्रहरी हिरासतमा लिएको छ ।

ट्रक ड्राइभरले नियोजितरुपमा साइकलमा सवार सर्वसाधारणमाथि गाडी चढाएका थिए । प्रहरीले उनलाई तरुन्त नियन्त्रणमा लिएको थियो ।

अमेरिकी मिडियाका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनी सन् २०१० मा अमेरिका आएको बताइएको छ ।

न्युयोर्कका मेयर बिल दे ब्लाजियोले घटनामा आठको मृत्यु भएको र दर्जन बढी घाइते रहेको बताए । उनले यस हमलालाई कायरतापूर्ण आतंकी कारवाहीको संज्ञा दिए ।

Post Comment