एनआरएनले मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा शेर्पाको नाममा संकलन भएको रकम नदिने

एनआरएनले मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा शेर्पाको नाममा संकलन भएको रकम नदिने
समाचार

गैरआवासीय नेपाली संघ (एनआरएन)ले कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाको नाममा संकलन भएको रकम उनलाई नदिने भएको छ ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिले करिव साढे ३१ लाख रकम संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

रोजगारीका क्रममा कुवेत पुगेकी डोल्मालाई मृत्युदण्डको सजाय सुनाएपछि ब्लडमनीका लागि एनआरएनएले रकम संकलन गरेको थियो । ‘डोल्मा बचाउ अभियान’का क्रममा ३७ लाख ४९ हजार ७४१ रुपैयाँ जम्मा भयो ।

त्यसमध्ये एनआरएनले १३ लाख (सुरुमा ३ र पछि १० लाख) परराष्ट्र मन्त्रालयमा पठाएको छ । ३ लाखको चेक साटेपछि बाँकी रकम सरकार आफैंले संकलन गरेको भन्दै १० एनआरएनएले दिएको १० लाख पनि खर्च गरेन ।

८ फेब्रुअरी २००९ मा एनआरएनको अन्तराष्ट्रिय समन्वय परिषदले डोल्माको छोराको अध्ययनका लागि अध्यक्षकोष संकलन गर्न ३ लाख दिने र बाँकी ३१ लाख ४९ हजार ७४१ रुपैयाँ संघको आपतकालीन बैदेशिक रोजगार कोषमा जम्मा गरी यस्तै खाले अन्य काममा प्रयोग गर्ने निर्णय गरेको थियो ।

त्यसअनुसार ३ लाख डोल्माको छोरालाई हस्तान्तरण भइसकेको छ भने बाँकी रकम एनआरएनको खातामा छ ।

‘ब्लडमनी’ उपलब्ध भएपछि डोल्माको मृत्युदण्ड जेल सजायमा परिणत भयो । तोकिएको जेल सजाय पुरा गरेर उनी नेपाल पनि फर्किसकेकी छन् ।

उनी नेपाल फर्किएपछि ब्लडमनीका लागि उठाएको रकम कहाँ छ भनेर सोधीखोजी भएको छ । तर, एनआरएनएले डोम्मा बचाउ अभियानको रकम उनलाई नदिई कोषमा राख्ने निर्णय कायमै रहेको जानकारी दिएको छ ।

 एनअारएनले प्रकाशित गरेको विज्ञप्ति

 

 

Post Comment