उत्तर कोरियाको परमाणु कार्यक्रम नष्ट गर्न स्थल कारवाही एकमात्र विकल्प : अमेरिकी रक्षा मन्त्रालय

उत्तर कोरियाको परमाणु कार्यक्रम नष्ट गर्न स्थल कारवाही एकमात्र विकल्प : अमेरिकी रक्षा मन्त्रालय
समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानले उत्तर कोरियाली क्षेप्यास्त्र आकाशमै खसाल्न सक्ने बताएका छन् ।

जापान भ्रमण रहेका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ल्याएका सैन्य उपकरणको मद्धतबाट उत्तर कोरियाली क्षेप्यास्त्र  खसाल्न सकिने सोमबार बताएका हुन् ।

जापानको पहिलो भ्रमणमा रहेका ट्रम्प र प्रधानमन्त्री सिन्जो आबे संयुक्त पत्रकार सम्मेलनमा बोल्दै थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले जापानले भारीमात्रामा अमेरिकी सैन्य उपकरण खरिद गर्ने जानकारी दिए ।

आबेले उत्तर कोरियाले दिएको रक्षा चुनौतिका कारण आफ्नो सैन्य क्षमता संख्यात्मक र गुणात्मक रुपमा बढाउन खोजेको स्पष्ट पारेका छन् । उत्तर कोरियाले पछिल्लो महिनामा जापानमाथि दुई पटक क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

Post Comment