ईराकमा फसेकी सिन्धुपाल्चोककि चेली रुँदै भन्छीन, मलाई उद्धार गरिदिनुहोस

ईराकमा फसेकी सिन्धुपाल्चोककि चेली रुँदै भन्छीन, मलाई उद्धार गरिदिनुहोस
समाचार

महेश नेपाल, काठमाण्डौ । ईराकमा फसेकी सिन्धुपाल्चोक गातीकी कान्छी तामाङले भिडियो कल गरेर आफुलाइ नेपाल फर्काउन सहयोग गरिदिनु भनेर बिन्ती गरेर डाँको छोडेर रोएकि छन्। शनिबार बेलुका मलेसियामा रहेका छत्र लकाइ खड्का सँग फेसबुकमा सम्पर्क गरेर उनले स्तो आग्रह गरेकि हुन ।

न्युज 24 टेलिभिजनमा प्रसारण हुने कार्यक्रम सिधा कुरा जनता सँग पनि राख्दिनु होला भनेर आग्रह गरेकि छन्। त्यहीँ समयमा छत्र ले मलेसिया बाट सिधै रवि लामिछाने लाई कल गरेर जानकारी गराएका छन्। रवि लामिछाने सँगको कुराकानीमा उनलाई नेपाली राजदुतावासको सम्पर्कमा रहन र न्युज24 टेलिभिजनमा सिधा कुरा जनता सँग राख्न लाई सल्लाह दिनु भनेका छन्।

कान्छी तामाङले आफु लाइ काम लगाउने घरमा तलब नदिएको ३ महिना भएको बताएकी छन्। आफुले तलब मागेमा घरको मालिकले उनलाई कुटपिट गर्ने गरेको बताइन्। जतिसक्दो मलाई नेपाल फर्काइदिनुस उनको पटकपटकको आग्रह यही छ।

Post Comment