‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन

‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन
समाचार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।

गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ ।

यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ ।

वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँदैछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् । त्यस्तै, दिदी रेणु दाहाल पनि चितवनबाट काठमाडौँ आउँदैछिन् ।

Post Comment