गैरआवासीय नेपाली संघले नेपालको संविधान धारा २९१ खारेजीको माग गरेको छ ।
नेपालको संविधानको धारा २९१ ले गैर आवासीय नेपालीहरुलाई विदेशी नागरिकता लिनको लागि प्रोत्साहन गरेको जनाउँदै उक्त धारा खारेजको माग गरेको छ ।
गैर आवासीय नेपाली संघका संरक्षक ,सल्लाहकार तथा पुर्व अध्यक्षहरु सहितको बैठकले गैर आवासीय नेपालीहरुको नैसर्गिक अधिकार हनन भएकाले धारा २९१ खारेजको माग गरिएको छ ।
गैर आवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘नेपालको संविधानको धारा २९१ ले स्थायी वसोबास अनुमति पाएका नेपाली नागरिकहरुले नेपालमा कुनै पदमा नियुक्ति ,मनोनित र निर्वाचित हुन नपाउने व्यवस्था गरेकोले यस्तो व्यवस्थाले गैर आवासीय नेपालहरुको नैसर्गिक अधिकार हनन भएको छ ।’ विज्ञप्तीमा ‘विद्यमान प्रावधानले गैर आवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनितीक दलहरुलाई अनुरोध गरिने’ उल्लेख छ ।
संविधानको धारा १४ ले राजनितीक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरि गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको जनाउँदै संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित गर्न आग्रह गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २९१ मा गरिएको व्यवस्थामा भनिएको छ –यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमती पत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन मनोययन ,नियुक्ति हुने पदमा नियुक्ति हुने पदमा निर्वाचित ,मनोनित वा नियुक्तिको लागि योग्य हुने छैन । तर , स्थायी अनुमती पत्र त्यागेको व्यक्तिलाई कम्तीमा तिन महिनाको अवधी व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित ,मनोनित वा नियुक्तिमा बाधा पर्ने छैन ।
आगामी दुई वर्षका लागि गरिने कार्यहरुको श्वेतपत्र जारी गर्नका लागि बसेको बैठकले ज्ञान र सिप स्वदेशमा भित्राउन एनआरएनए एकेडेमी स्थापना गरिने जनाइएको छ ।