काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् ।
यता काठमाडौं क्षेत्र नं. २ मा एमालेले अग्रता हासिल गरेको छ । एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले ९ हजार १ सय ३६ मत ल्याएर अगाडि रहेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी दीपक कुँइकेलले ४ हजार ९ सय ८ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्णभक्त राई निर्वाचित भएका छन् । उनले १९, १६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस नेतृ अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी छिन् ।
काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी भएका छन् । उनले २१ हजार ५ सय ५८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन् ।
यता काठमाडौं क्षेत्र नं. ५ मा एमालेले अग्रता हासिल गरेको छ । एमाले महासचिव समेत रहेका इश्वर पोखरेलले ५ हजार ५ सय २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतले ३ हजार १ सय ७२ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै काठमाडौं क्षेत्र नं. ६ मा माओवादी केन्द्रका झक्कु सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ६ हजार ७ सय ३७ मत ल्याएका छन् भने ६ हजार १ सय ४४ मत ल्याएर कांग्रेस नेता भीमसेनदास प्रधानले पछ्याइरहेका छन् ।
काठमाडौं ७ मा एमाले नेता रामवीर मानन्धर ३ हजार ३ सय ६७ मत ल्याएर अगाडि रहेका छन् भने राप्रपाका विक्रमबहादुर थापा १८ सय ८२ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३ सय ९७ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ९३ मत ल्याएका छन् ।
यता काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी ध्यानगोविन्द रञ्जितले १८ हजार ८ सय २ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं. १० मा भने नेपाली कांग्रेसका राजन कुँइकेल निर्वाचित भएका छन् । उनले २४ हजार १ सय ९० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हीतमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् ।