न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले दिए ट्रम्पलाई चेतावनी

न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले दिए ट्रम्पलाई चेतावनी
समाचार

अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ ।

बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो ।

उनले फेसबुकमा ‘ट्रम्प आफ्नो देशको सुरक्षामा असफल भएको’ पोस्ट गरेका थिए । अमेरिकी अभियोजनकर्ताहरुले इस्लामिक स्टेट समूहको समर्थनमा ती युवकले बम विस्फोट गराएको दाबी गरेका छन् ।

विस्फोटमा अकायद उल्लाहसहित अन्य तीन जना घाइते भएका थिए । न्यूयोर्क पुलिस डिपार्टमेन्टले अकायद उल्लाहविरुद्ध हतियार राखेको, चरमपन्थी कारबाहीको समर्थन गरेको र आतंकवादी धम्की दिएको आरोप लगाइएको जनाएको छ ।

त्यसैगरी उनीमाथि विदेशी चरमपन्थी संगठनलाई सहयोग गरेको, विनासकारी हतियार प्रयोग गरेको र सार्वजनिक स्थानमा विस्फोट गराएको आरोप पनि प्रहरीले लगाएको छ ।

ती युवकले क्रिसमसका अवसरमा बालीने विद्युतीय तारको प्रयोग गरेर घरमै बम बनाएको बनाएको बताइएको छ ।(

Post Comment