नेपाली समाजमा दुइ प्यानल चुनावी प्रतिस्पर्धामा,दुइ पदमा निर्विरोध

नेपाली समाजमा दुइ प्यानल चुनावी प्रतिस्पर्धामा,दुइ पदमा निर्विरोध
समाचार
नेपाली समाज टेक्सस (एनएसटी) को अाउँदो दुइ वर्षको लागि नेतृत्वका निम्ति दुइ प्यानल चुनावी प्रतिस्पर्धा उत्रिएका छन् ।
अाइतबार साँझ ६ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने समयमा १७ पदमा २४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कमल सापकोटा, दीवस थापा र सुमन थापाको उम्मेदवारी परेको छ । सापकोटा बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । त्यस्तै दीवस थापा बर्तमान कोषाध्यक्ष र सुमन थापा सहकोषाध्यक्ष हुन् ।
अध्यक्षका उम्मेदवारहरू सापकोटा र सुमन थापाले प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
सापकोटा प्यानलबाट उपाध्यक्षमा दीवस थापा, महासचिवमा कमल सत्याल, उपमहासचिवमा परशुराम दाहाल, कोषाध्यक्षमा शैलेन्द्र मानन्धर र सहकोषाध्यक्षमा निरज तिम्सिनाले मनोनयन पत्र दर्ता गरेका छन् ।
त्यस्तै थापाको टीममा उपाध्यक्षमा निरज पन्त, महासचिबमा बब (भक्त) भण्डारी, उपमहासचिवमा बिशान्त खड्का, कोषाध्यक्षमा अमृत शर्मा, सहकोषाध्यक्षमा रवि रावलले मनोनयन दर्ता गरेका छन् ।
कार्यसमितिका सदस्यहरूमा सापकोटा प्यानलबाट केशबराज केसी, बिकास उप्रेती, नवराज नाथ र शरणकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
उता थापा प्यानलबाट कार्यसमितिका सदस्यहरूमा नविन कोइराला, गोबिन्द ढकाल, राजीव राजभाट, नवराज नाथ, सबिन्द्र थापा र प्रयास बास्तोलाले उम्मेदवार दर्ता गराएका छन् । नाथको नाम सापकोटा र थापा दुबै प्यानलबाट कार्यसमिति सदस्यमा परेको छ ।
अोझा र श्रेष्ठ निर्विरोधः
नेपाली समाज टेक्सस (एनएसटी) को महिला संयोजक र युवा तथा विध्यार्थी संयोजक पद भने निर्विरोध भएको छ । महिला संयोजकमा सापकोटा प्यानलबाट अायशा अोझा र युवा तथा विध्यार्थी संयोजकमा बिमला श्रध्दा श्रेष्ठ निर्विरोध भएका हुन् ।
यसैबीच दीवस थापाले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले स्वतन्त्र रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा भने सापकोटा प्यानलबाट उम्मेदवारी दिएका छन् । ‘भोली सोमबार अध्यक्ष पदमा दिएको उम्मेदवारी भने सहमतिमा फिर्ता लिँदैछु,’ थापाले भने । उनले उपाध्यक्ष पदमा भने उम्मेदवारी कायमै रहने बताएका छन् ।
नेपाली समाज टेक्ससको चुनाव अाउँदो शनिबार ड्यालसको अर्भिङस्थित नेपाली मन्दिरमा हुँदैछ ।

Post Comment