वाशिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्यो, ३ जनाको मृत्यु, १०० घाइते(फोटो हेर्नुस्)

वाशिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्यो, ३ जनाको मृत्यु, १०० घाइते(फोटो हेर्नुस्)
समाचार

अमेरिकाको वाशिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तिमा ३ जनाको ज्यान गएको छ । घटनामा एक सयजना धेरै घाइते भएको सिएनएनले जनाएको छ ।

राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो । सरकारी अधिकारीले ३ जनाको ज्यान गएको बताए पनि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वाशिङ्टन प्रहरीले जनाएको छ ।

तर समाचार संस्था एसोसियट प्रेशलेभ ने सरकारी अधिकारीलाई उद्धृत गर्दै कम्तिमा ६ जनाको ज्यान गएको बताएको छ । रेलका कम्तिमा चारवटा डिब्बा तल राजमार्गमा खसेको जस्तो घटनापछिको तस्बिरबाट अनुमान लगाउन सकिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्रु हुन् । तर तल सडकमा रहेका कोहीलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । रेलको डिब्बा तल राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ ।

Post Comment