सुपर ग्यास उद्योगमा भीषण आगलागी,२ जनाको मृत्यु

सुपर ग्यास उद्योगमा भीषण आगलागी,२ जनाको मृत्यु
समाचार

वीरगञ्ज उपमहानगरपालिका– २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।

उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन ।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् ।

आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगेकाे छ ।

Post Comment