चीनले उत्तर कोरियालाई गोप्य रुपमा तेल बेचेको ट्रम्पको आरोप

चीनले उत्तर कोरियालाई गोप्य रुपमा तेल बेचेको ट्रम्पको आरोप
समाचार

अमेरिकाले चीनमाथि गोप्य रुपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यस्तो गतिविधले आफूलाई निकै निराश बनाएको बताउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाका लागि पेट्रोलियम पदार्थ निर्यात गरिएको बेला चीनलाई रंगे हात समातेको दावी गर्नुभएको छ । ट्रम्पले उत्तर कोरियालाई तेल निर्यात नरोके कोरिया संकट कहिल्यै समाधान नहुने दावी पनि गरेको बीबीसीले जनाएको छ ।

चीनले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ । गएको हप्तामात्र उत्तर कोरियामाथि तेल निर्यातमा ९० प्रतिशत कटौती गर्ने गरि प्रतिवन्ध लगाएको थियो । त्यो प्रतिवबन्धलाई चीनले पनि समर्थन गरेको छ ।

Post Comment