ट्रम्पको पाकिस्तान कार्ड भारतको लागि कति फाइदाजनक ?

ट्रम्पको पाकिस्तान कार्ड भारतको लागि कति फाइदाजनक ?
समाचार

पाकिस्तानमाथि चरमपन्थीहरुलाई सेल्टर दिएको आरोप लगाउँदै सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोगमाथि प्रश्न  उठाएका छन् । उनले पाकिस्तानलाई धोकेबाज र झुठा भनेका छन् ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकाले १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब  डलरभन्दा बढी सहयोग ग¥यो तर त्यसको बदलामा झुठ र छल बाहेक केहि दिएन । उसले सोच्छ अमेरिकी नेता  मुर्ख छन् । हामी अफगानिस्तानमा जुन आतंकवादीहरुलाई खोजिरहेका छौँ, तिनीहरुलाई उसले सेल्टर दिएको छ ।’

अमेरिकी राष्ट्रपतिको यो ट्वीटमाथि पाकिस्तानले पनि आफ्नो प्रतिक्रिया दिएको छ । पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफले आफ्नो ट्वीटमा भनेका छन् छिटै राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ दिनेछौँ । उनले भनेका छन् ‘हामी विश्वलाई सत्य भन्ने छौँ, तथ्यहरु र कल्पना बीचको फरक बताइदिने छौँ ।’

अब प्रश्न उठ्छ, पाकिस्तानलाई लिएर गरेको यस्तो व्यवहारले भारतलाई कुटनितिक स्तरमा के फाइदा हुन सक्छ  ? र यदि भएका कति र कसरी ?

भारतका सामरिक विषयका विज्ञ सुशान्त सरीनसँग बीबीसीका संवाददाता ब्रजेश मिश्रले गरेको कुराकानी यस्तो :

भारतलाई फाइदा अवश्य हुनसक्छ कि पाकिस्तानमाथि आतंकवादमाथि कडाई गर्नकोलागि दबाब बन्ने छ । अमेरीकाको तर्फबाट  पाकिस्तानमाथि जुन दबाब बनिरहेको छ त्यसको वास्तविक जरा अफगानिस्तान हो ।

अमेरीकाको भनाइ छ कि अफगानिस्तानमा चरमपन्थीविरुद्ध उसको सैन्य अभियान यसकारण सफल हुन सकेको छैन किनभने पाकिस्तान गोप्य तरिकाले यी चरमपन्थीलाई सहयोग गरिरहेको छ ।

पाकिस्तानले ‘गुड र ब्याड’ आतंकवादीको जुन परिभाषा बनाउँदै आएको छ । अब यो अगाडि बढ्नसक्दैन ।

यदि पाकिस्तान अफगानिस्तानमा सक्रिय चरमपन्थी संगठनहरुलाई कारवाहि गर्छ भने भारत अथवा कश्मीरमा सक्रिय ती संगठनहरुको अत्याचारलाई खुल्ला छुट दिन सक्दैन ।

पाकिस्तान निरन्तर दूनियाँलाई भनिरहेको छ कि पाकिस्तानस्थित चरमपन्थी संगठन उसको भूमिमा गडबड गरिरहेका छन् । यति मात्र होइन भारतले पाकिस्तानसँग सीधा कुरा गर्ने विषयमा पनि यहि शर्त राखेको छ कि चरमपन्थी संगठनहरुलाई सेल्टर दिन बन्द गर ।

अब अमेरिकाले भन्दा अथवा दबाबमा सहि पाकिस्तान ती सबै काम गर्न बन्द गरोस् जुन भारत चाहन्छ । यसले दुबै देशबीच कुराकानी नहुने कारण सकिने छ र सम्बन्ध राम्रो हुने छ ।

मेरो विचारमा पाकिस्तानमाथि पनि निर्भर गर्छ कि उसले ट्रम्पको कुरालाई कसरी लिन्छ ।  केवल आर्थिक सहयोग कटौतीले मात्र पाकिस्तानलाई बाध्य बनाउन सकिँदैन । यस्तोमा पाकिस्तानले आफ्नो बचाउ गर्ने छ, आरोपलाई अस्वीकार गर्ने छ र उल्टै अमेरिकालाई जवाफ दिनेछ – आर्थिक सहयोग रोके हुन्छ, हामी तिमीबिना बाँच्न सक्छौँ ।

यद्यपि मेरो विचारमा अमेरिकाको यो पहिलो कदम हो । यो चेतावनीसँगै एक्सनको दिशामा अमेरिकाको पहिलो कदम हो भने उसले भविष्यमा यस्तो कदम उठाउने छ कि पाकिस्तानको धरमराइरहेको अर्थव्यवस्थामाथि गम्भीर असर पर्नेछ ।

यस्तो भएमा पाकिस्तानले सोच्नु पर्ने छ कि ऊ घास खान तयार छ । अथवा घासको जुन स्वाद हो त्यसलाई केहि समयको लागि ताग्ने । दोस्रो, उसले सोच्नु पर्ने छ कि तालिबान र उसको अत्याचारलाई लिएर के पोलिसी हुनेछ । के पाकिस्तान विश्वको मजबुत अर्थव्यवस्था र अन्य देशहरुसँग आफ्नो सम्बन्ध बनाइराख्न चाहन्छ अथवा तालिबान जस्तो एक मध्यकालीन सोच भएको  चरमपन्थी संगठनसंग सम्बन्ध बनाइ राख्न चाहन्छ । पाकिस्तानले यो विषयमा निर्णय गर्नुपर्ने हुन्छ । यसको लागि अमेरिकाले अझै दबाब दिनु पर्छ ।

अमेरिकाले पाकिस्तानलाई लिएर जुन कदम उठाइरहेको छ त्यो आफ्नो हितको लागि गरिरहेको छ । अमेरिकाले पाकिस्तानलाई आर्थिक सहयोग ग¥यो र त्यसको बदलमा अपेक्षा गरेको थियो कि उसले चरमपन्थी संगठनहरुको विरुद्ध एक्शन लिने छ तर यस्तो भएन ।

यो कुरा ध्यान दिनुपर्छ कि अमेरिका आफ्नो हितमा मात्रै काम गर्ने छ । त्यसको फाइदा यदि भारतलाई पनि हुन्छ भने यो केबल संयोगमात्र हुने छ । केहि कुरामा भारत र अमेरिकाको हित मिल्छ । त्यसमा सहकार्य गरेमा भारतलाई फाइदा हुनेछ ।
बीबीसी

Post Comment