क्यालिफोर्नियामा भारी वर्षा: पहिरोमा परेर १३ जनाको मृत्यु,२५ जना घाइते

क्यालिफोर्नियामा भारी वर्षा: पहिरोमा परेर १३ जनाको मृत्यु,२५ जना घाइते
समाचार

अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ ।

बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण बाढीले मुख्य राजमार्गसहितका सडकहरु अबरुद्ध भएका छन् ।

सडक अबरुद्ध हुँदा केही सवारी साधनलाई बाढीले बगाएको छ भने कतिपय बीच बाटोमै अलपत्र परेका छन् ।

Post Comment