अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई ‘पूर्ण रूपमा गलत ढङ्गले प्रस्तुत गरिएको’ बताएका छन्।
गत हप्ता ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो।
तर उनले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका छन्।
कम उमेरका गैरकानूनी आप्रवासीलाई रोक्नका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा आफूमाथि लगाइएको आरोपले बाधा पुर्याइरहेको ट्रम्पले बताए।
आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले “आपत्तिजनक र जातिवादी” टिप्पणी गरेको भन्ने डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले पछिल्लो जवाफ दिएका हुन्।
ट्रम्पको अभिव्यक्तिले विश्वव्यापी आक्रोश निम्त्याएको छ र उनले माफी माग्नुपर्ने माग उठिरहेको छ।
संयुक्त राष्ट्रसंघका एकजना प्रवक्ताले भने, ” तीय विभेदकारी ।”
गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेर रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो।
सांसदहरूले सहमति खोजेको मुख्य विषय भनेको पूर्वराष्ट्रपति बाराक ओबामाको पालामा कम उमेरका करिब ८ लाख गैरकानूनी आप्रवासीलाई संरक्षण गरेको एउटा योजनालाई अब के गर्ने भन्ने हो।
ती आप्रवासीहरू ड्रिमर्स भनेर चिनिन्छन्।
बैठकको केही घण्टापछि ट्रम्पले अफ्रिकी मुलुकबारे अपमानजनक टिप्पणी गर्दै त्यस्ता मुलुकका मानिसहरू अमेरिका किन आउँछन् भन्ने प्रश्न गरेको विवरण प्रकाशमा आएको थियो।
ट्रम्पले नर्वे जस्ता देशबाट मानिसहरू अमेरिका आउनुपर्ने बताएको पनि विवरण सार्वजनिक भएको थियो।