भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा
समाचार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन् ।

विशेष विमानबाट आएकी स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।

स्वराजले आफ्नो भ्रमण दुई देशबीचको सद्भावको लागि भएको बताएकी छिन् ।

विमानस्थलबाट स्वराज सोल्टी होटल जाने छिन् । सोल्टीमा उनको सम्मानमा एमालेले रात्रीभोजको आयोजना गरेको छ जहाँ ओलीसहित एमालेका पदाधिकारी सहितको टोलीको स्वराजसंग संयुक्त छलफल गर्ने एमाले अध्यक्षको निजी सचिवालयले जनाएको छ ।

ओलीसँगको भेटलगत्तै सोही होटलमा स्वराजले राजपा नेपालका अध्यक्ष मण्डललाई भेटका लागि समय दिएकी छिन्। स्वराजसँगको भेटमा राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी हुने राजपा स्रोतले जनाएको छ।

संविधान संशोधनको माग गर्दै लामो समययता मधेसकेन्द्रित दल आन्दोलित छन्। ती दलको मागप्रति भारतले समेत समर्थन जनाउँदै आएको छ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसँग भोली भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Post Comment