अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस जी. वेल्सले नेपालमा बन्ने नयाँ सरकारसँग काम गर्न अमेरिका आतुर भएको बताएकी छन् ।
बीबीसी विश्वसेवाको लण्डनस्थित मुख्यालयमा पत्रकार भगीरथ योगीसँग कुराकानी गर्दै बेल्सले नेपाली जनताले चुनेको बैधानिक सरकारसँग ट्रम्प प्रशासन काम गर्न इच्छुक रहेको बताइन् ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री वेल्सले अमेरीकाले नेपालसँगको सम्बन्धलाई निकै महत्व दिएको दाबी समेत गरिन् ।
‘हामी नेपाली जनताको जनमतबाट चुनिएको वैधानिक सरकारसँग काम गर्न इच्छुक छौ, नेपालले शान्तिपूर्ण तरिकारले चुनाव गराउन सक्छ भन्ने सारा संसारलाई प्रमाण्ति समेत गरेको छ, यसको हामी खुलेरै प्रशंसा गर्न चाहन्छौ । नेपाली जनताको जनमत अमेरिकाविरुद्धको जनमत संग्रह होईन । त्यसैले नयां बन्ने सरकारसँग काम गर्न हामी इच्छुक छु ।’ वेल्सले अन्र्तवार्तामा भनेकी छन् ।
उनले दुई मुलुकका सेनाबीचको सम्बन्धलाई पनि अझै घनिभुत बनाउने योजना रहेको समेत खुलाईन । वेल्सले भनिन् ‘हाम्रो मुलुकको सेना र नेपाली सेनाबीच पनि घनिष्ठ सम्बन्ध छ, भुकम्पको बेला समेत अमेरीकी सेनाको एसिया प्रसान्त क्षेत्रीय कमाण्डले नेपालमा सहयोग गरेको थियो, हामीले दुई मुलुकका सेनाको सम्बन्ध बढाउनेमा सोचिरहेका छौं ।’
उनले दुवै देशका सेनाको सम्बन्ध अघि बढाउने कुरा आफ्नो सरकारको प्राथमिकतामा रहेको समेत खुलाईन ।
उपसहायक विदेश मन्त्री वेल्सले नेपाल अमेरिकाको विकास साझेदार मुलुक रहेको उल्लेख गरिन् । उनले गत वर्ष अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत दिएको ५० करोड डलर बराबरको सहायता त्यसको उदाहरण भएको बताइन् ।