बिना कागजात अमेरिका प्रवेश गर्ने लागेका करिब २ सय आप्रवासी मेक्सिकोमा पक्राउ परेका छन् ।

एउटा लरीमा कोचिएको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका अधिकांश खाना र पानीका अभावमा निसास्सिएर रहेको बताइएको छ ।
पक्राउ परेकाहरुमा ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट अमेरिका प्रवेश गर्ने क्रममा रहेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । मानव बेचबिखनको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
गत महिना मात्र कागजात बिनाका १ सय ७० जना आप्रबासी पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुलाई सम्बन्धित देशमा नै फिर्ता पठाउने गरिएको छ ।
देशमा जारी द्वन्द्वका कारण मारमा परेका र बेराजगारका कारण विश्वका कयौं राष्ट्रका मानिसहरु आप्राबासीको रुपमा बिदेश पलायन हुने क्रम भने जारी छ ।