आप्रवासीका लागि ढोका बन्द गर्न पाउँदा धेरै खुशी हुन्छु: डोनाल्ड ट्रम्प

आप्रवासीका लागि ढोका बन्द गर्न पाउँदा धेरै खुशी हुन्छु: डोनाल्ड ट्रम्प
समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीसम्बन्धि आफ्नो नीतिमा संसदले सहमति नजनाउने हो भने पूर्ण रुपमा बन्द गर्न पाउँदा आफू खुशी हुने बताएका छन् ।

आप्रवासी नीति सुधार्न नमान्ने हो भने यो बन्द गरिनेछ र यो मुलुकका हितमा हुनेछ, ट्रम्पले भने ।

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले हत्याराहरुलाई मुलुक प्रवेशको छिद्र रोक्ने कानूनमा सुधार गर्न तयार नहुने हो भने आप्रवासीलाई अमेरिका प्रवेशमा सधैका लागि बन्द गरिने चेतावनी दिए ।

आप्रवासीका लागि सधैका लागि ढोका बन्द गर्न पाउँदा सबैभन्दा बढी खुशी आफू नै हुने पनि उनको भनाइ थियो ।

डेमोक्रेट सीनेटर चक सुमरले भने बन्द गर्ने कुरा ट्रम्पको मात्र चाहना भएको अरु कसैले यसमा साथ नदिने प्रष्ट गरे ।

अर्कातिर ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले भने राष्ट्रपति ट्रम्पले बन्द नै गर्ने विषयमा वकालत नगरेको प्रष्टीकरण दिनुभएको छ ।

राष्ट्रपतिले दीर्घकालीन समाधान खोज्न मात्र चाहेको उनको भनाइ थियो ।

Post Comment