भविष्यवाणीले हलचल: ट्रम्प फेरि राष्ट्रपति बन्छन्,अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

भविष्यवाणीले हलचल: ट्रम्प फेरि राष्ट्रपति बन्छन्,अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !
समाचार

अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् ।

नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने मेसिन (लाइ डिटेक्टर)मार्फत जाँचसमेत गरिएको छ, जसमा उनी सही साबित भएका छन् ।

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि निर्वाचित हुने बताएका छन् । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी हुने उनको दावी छ ।

सन् २०३० मा अमेरिकाको राष्ट्रपतिमा मार्टिन लुथर किंगको नातिनी योलान्डा रेनी किंग हुने पनि उनको दावी छ । उनी त्यतिबेला २१ वर्षकी हुनेछन् । भविष्यवाणी गर्दै उनले भने, ‘उनीहरुले कानूनमा सुधार गर्नेछन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउनेछ ।’

उनले ट्रम्पपछि निर्वाचित हुने राष्ट्रपतिको नाम भने बताएनन् । उनले भने, ‘म नाम भन्न सक्दिनँ किनकि, उहाँले केही नराम्रो काम गर्नुहुनेछ । उहाँ अहिले नै राजनीतिक व्यक्तित्वका रुपमा हुनुहुन्छ । त्यसैले म उहाँको नाम लिन चाहन्नँ ।’

उनले आउँदा वर्षमा यान्त्रिक मानवले घर–परिवारमा महत्वपूर्ण स्थान लिने दावीसमेत गरेका छन् । सन् २०२० मा मोबाइल फोन अपेक्षा गरिएभन्दा धेरै ठूला आकारका आउने पनि उनले बताए ।

त्यस्तै सन् २०२८ मा मानिस मंगलग्रहमा जान थाल्ने र सोही वर्ष टाइम ट्राभल र टाइम मेसिनको प्रयोग आमरुपमा हुने पनि बताए ।

आउँदा वर्षमा क्यान्सरजस्ता घातक रोगको उपचार सहज हुने पनि उनले बताए ।

विभिन्न टेलिभिजनमा अन्तरवार्ता लिने क्रममा उनको अनुहार लुकाइएको छ ।

Post Comment