दुईसय राजनीतिविशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनल्ड ट्रम्पलाई अमेरिकाको लोकतन्त्रको २२९ वर्षको इतिहासकै सबभन्दा खराब राष्ट्रपतिका रूपमा छानेका छन् ।
ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४औं अर्थात् सबभन्दा अन्तिम स्थानमा रहे ।
यस सर्वेमा अमेरिकाका राष्ट्रपतिहरूलाई उनीहरूको उपलब्धि, असफलता, विवाद, छवि र उनको कार्यकालमा देशको स्थितिको आधारमा अंक दिइयो । सय अंक पाउने भनेको सबभन्दा राम्रो ठहरिए भने ० ले सबभन्दा खराब भन्ने अर्थ दियो । यो मापदण्डमा ट्रम्पलाई सबभन्दा कम १२ अंक दिइयो ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले सर्वेमा ७१ अंक प्राप्त गरेर आठौं स्थान हासिल गरे ।
पदबाट हटेपछि ओबामा झन् लोकप्रिय भएका छन् । उनी –यांकिङमा १० स्थान माथि उक्लिएका छन् । चार वर्षअघि भएको सर्वेमा ओबामा १८औं स्थानमा थिए । त्यतिखेर उनी पदमै थिए ।
सर्वेमा अब्राहम लिंकनलाई सबभन्दा राम्रो राष्ट्रपति छानियो । उनले सयमा ९५ अंक पाए । त्रियान्नब्बे अंकका साथ जर्ज वाशिङटन दोस्रो स्थानमा रहे ।
सर्वेमा ५७ प्रतिशत डेमोक्रेटिक, १३ प्रतिशत रिपब्लिकन र ३० प्रतिशत अन्य विचारधाराका मानिसले भाग लिएका थिए ।
ट्रम्पभन्दा माथि अमेरिकाका १५औं राष्ट्रपति जेम्स बुकानन रहे । उनले १५ अंक पाए ।
बिल क्लिन्टन १३औं स्थानमा भएपनि हिलारी क्लिन्टनको निर्वाचन अभियानपछि उनको लोकप्रियतामा कमी आयो र उनी पाँच स्थान तल खस्किए ।
पाँच सबभन्दा राम्रा राष्ट्रपति
अब्राहम लिंकन
जर्ज वाशिङटन
फ्य्रांकलिन रूजवेल्ट
थियोडोर रूजवेल्ट
टमस जेफर्सन
पाँच सबभन्दा खराब राष्ट्रपति
डोनल्ड ट्रम्प
जेम्स बुकानन
विलियम हेनरी ह्यारिसन
फ्य्रांकलिन पीयर्स
एन्ड्र्यु जोनसोन