अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका सरकार इच्छुक

अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका सरकार इच्छुक
समाचार

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले अध्यागमनका सुरक्षा सम्बन्धी विषयमा अमेरिका सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएकी छन् ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग शिष्टचार भेटवार्ता गर्दै उनले भनिन्, ‘अमेरिकी सरकारले नेपालमा अध्यागमन सुरक्षा सम्बन्धी विषयमा सहयोग गर्न चाहेको छ ।’

साथै, उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुु पर्ने समेत उनले बताएकी छन् ।

राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि चासो राखेकी थिइन् ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा मन्त्री थापाले ती विषयहरुमा मन्त्रालयले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्षको आधारमा भविष्यमा निर्णय लिइने बताएका छन् ।

Post Comment