ताइवानप्रतिको नीतिमा महत्वपूर्ण परिवर्तन:अमेरिकासँग चीन असन्तुष्ट

ताइवानप्रतिको नीतिमा महत्वपूर्ण परिवर्तन:अमेरिकासँग चीन असन्तुष्ट
समाचार

अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गर्दै अमेरिकी अधिकारीलाई ताइवान भ्रमण गर्न र त्यहाँका अधिकारीहरुलाई भेट्न बाटो खोल्ने निर्णय गरेका थिए ।

यो निर्णयले चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तुषारापात आउने भन्दै चीनले असन्तुष्टि ब्यक्त गरेको हो ।

चीनका बिदेशमन्त्री लु काङले पत्रकार सम्मेलन गरी अमेरिकाले एक चीन नीतिको उल्लंघन गरेको भन्दै आपत्ति जनाए ।

अमेरिकी कदमले चीनलाई आक्रोशित तुल्याउन सक्ने आंकलन पहिले नै गरिएको थियो । चीनले अमेरिका र ताइवानबीच हतियार कारोबार हुने निश्चित प्रायः भएको भन्दै असन्तुष्टि जनाएको छ ।

हाल अमेरिका र ताइवानबीच कूटनीतिक सम्बन्ध स्थापित नभएको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकाले चीनलाई समर्थन गर्दै सन् १९७९ मा ताइवानसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको थियो भने ब्यापारिक सम्बन्ध भने यथावत् राखेको थियो ।

नयाँ कानुनले ताइवानलाई एसियामा प्रजातन्त्रको ज्योतिको रुपमा चित्रण गर्दै ताइवानले हासिल गरेको उपलब्धिले यस क्षेत्रका अन्य देश र जनतालाई पनि प्रेरणा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Post Comment