अमेरिकाको कोलोराडोको अरोरा शहरमाजातिभेद बिरुद्ध बिश्व मंचको आयोजनामा अन्तराष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा जातिय बिभेद बिरुद्ध अन्तराष्ट्रिय कानुनी प्रावधान बिषयक एक दिने परार्मशिय कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै सचिव अमृत बिश्वकर्माले उपस्थित अतिथिहरुलाई दोसल्ला ओडाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा ग्लोवल फोरमका सदस्य अर्जुन बगालेले जातिय भेद बिरुद्ध बनेका अन्तराष्ट्रिय कानुन , संयुक्त राष्ट्रसंद्य मानवअधिकारको बिश्वव्यापी घोषणा पत्र , जातियभेद बिरुद्ध अन्तराष्ट्रिय महासन्धी लगायत अन्तराष्ट्रिय कानुनबारे एक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । बगालेले मार्च २१ मा संस्थाहरुले कोलराडोका कुनै पनि संस्थाहरुले बिज्ञप्ती निकाल्ने काम पनि नगरेको भन्दै दुख व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजसेबी नारायण श्रेष्ठले अबका दिनमा संगै सहकार्य गर्दै बिज्ञप्ती संगै सहकार्य गरेर कार्यक्रम गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै प्राध्यापक डा. बिजयराज शर्मा बिज्ञप्ती ननिक्लनु गम्भीर कुरा भएको भन्दै संस्थाले कार्यक्रम गर्दा अंग्रेजीमा पनि जानकारी गराउनु पर्ने गर्नुपर्ने राय व्यक्त गर्नभयो ।
कार्यक्रममा बोल्दै ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्माले जातिय बिभेदको सुरु सुरुमा कुनै दलित आफ्नो घरमा आउँदा मान्छेप्रति माया भएपनि उसलाई गरिने व्यबहार फरक थियो तर अहिले माया पनि छैन बिभेद अझैबढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा कोलोराडोमा नेपाली समुदायको लागि कार्यरत गैर आवासिय नेपाली संघ महिला बिभाग संयोजक यमुना केसी, नेपाली घरका योगराज गौतम, समाजसेवी नारायण श्रेष्ठ , रक्कि माउन्टेन फ्रेन्स अफ नेपालका दिपक सुनुवार , अन्तरास्ट्रिय नेपाली साहित्य समाज कालोराडो का श्याम श्रेष्ठ , बुद्धिजीवी डा , बिजयराज शर्मा, प्रवासि नेपाली मंचका शान्ति बर्मा, नेपाली बिद्यार्थी संघ कोलोराडो पवन बिश्वकर्मा लगायतका अतिथिहरुले जातिय बिभेद बिरुध्दको अभियानमा लाग्ने बचन बद्धता व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा कोलराडोका अन्तराष्ट्रिय मामिलाका प्रमुख रिर्काडो प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमको संचालन अमर हजारा पासवानले गर्नुभएको थियो ।