नेपालीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि नेपाली नयाँ बर्ष २०७५ को अबसरमा कोलोराडोमा शुभकामना आदान प्रदान सहित “शुभकामना साँझ” कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी १४ अप्रिल २०१८ अर्थात् १ बैशाख २०७५ शनिबारका दिन बेलुका ५:३० बजेदेखि ९:०० बजे संम्म लोकप्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको साथमा बिशेष मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
संस्थाले नयाँ बर्ष साँझमा नृत्य ,संगीत वा अन्य मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्न इच्छुक व्यक्तिहरुले मार्च ३१ सम्म सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।
नयाँ बर्ष कार्यक्रमको दिन कार्यक्रम स्थल Century Elementary School -13000 Lafayette St, Thornton, CO 80241 मा ४ बजे बेलुकी बाट ५ बजे सम्म रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको बार्षिक साधारण सभा रहेकाले उक्त साधारण सभामा सम्बन्धित सबैलाई उपस्थितीका लागि संस्थाले अपिल गरेको छ ।
संस्थाले नेपाल र नेपालीको संस्कृति र पहिचान झल्काउने उक्त कार्यक्रममा सबैलाई उपस्थितीका लागी आग्रह गर्दै सोही दिन कोलोराडोमा कुनै पनि कार्यक्रम नराखि सहयोग गरिदिन अनुरोध गरेको छ ।
अप्रिल १५ मा नेपाल डे परेड मा सहभागीताका लागी समेत संस्थाले आग्रह गरेको छ ।
मनोरन्जनात्मक कार्यक्रममा सहभागितको लागी सम्पर्क
गीता चक्रवोर्ती :७२०-८१८-१२१४
आकाश राई: ७२०-९८४-९२२६
टिका पौडेल : (३०३)७०४-८९९७