एनआरएन अमेरिका:कोलोराडोबासी साहित्यकार गदाल साहित्य प्रसार समितिको अध्यक्षमा नियुक्त

एनआरएन अमेरिका:कोलोराडोबासी साहित्यकार गदाल साहित्य प्रसार समितिको अध्यक्षमा नियुक्त
समाचार

कोलोराडो निबासी साहित्यकार ज्ञानेन्द्र गदाल एनआरएन अमेरिका अन्तर्गतको नेपाली साहित्य प्रसार तथा प्रबर्धन समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

गत मार्च १० तारिखमा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षतामा बसेको छैठौं बोर्ड बैठकले आफ्ना मातहतका अन्तर्गतका बिभिन्न क्षेत्रसंग सम्बन्धित समितिहरु गठन गरेको छ ।

सोही बैठकबाट नेपाली साहित्य प्रसार तथा प्रबर्धन समितिको अध्यक्ष नियुक्त भएका गदाललेआफुलाई निकै खुशि लागेको बताए ।

“मेरो रुचिको विषय नेपाली भाषा साहित्यप्रति विशेष ध्यान दिएर विश्वासका साथ यो गरिमामय पदको जिम्मेवारी सुम्पिएकोमा एनआरएन अमेरिका प्रति हार्दिक धन्यवाद अर्पण गर्दछु” उनले भने: “यो जिम्मेवारी इमान्दार एवं निष्ठापूर्वक निर्वाह गर्ने बचनबद्धता समेत प्रकट गर्दछु ।”

Post Comment