विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् ।
उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० वर्षभन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । नेपालमा ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदीशमान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री कञ्चन अमात्य हुन् ।
२०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् । उक्त सूचीमा हिरोशी मिकितानी, प्रमुख कार्यकारी अधिकारी (सीईयो) राकुटेन, सिनो भेसन उद्यमका काइ फु लि, संगीत निर्देशक, कलाकारहरु लगायत अन्य सम्मानित भएका छन् ।
अमात्य भन्छिन, ‘विश्वभरका लाखौं महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारि दिन्छन् । यो मान्यता मलाई महिलाहरुको लागि सक्रिय, सुरक्षित र निष्पक्ष रुपमा भाग लिनको लागि नयाँ अवसर सिर्जना गर्न मेरो यात्रामा लड्नको लागी प्रेरणा दिएको छ ।’
बिघटन तथा नविन पद्धति नामक बिषय वस्तु तय गरिएको यस बर्षको सूची बिशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० बर्ष तल उमेरका लाई १० वर्गमा विभाजित बनाईएको थियो । जस्ले परम्परागत ज्ञानलाई चुनौती दिदै तथा भावी पिढीहरुका लागि नियमहरुलाई पुनः लेखन गर्ने रहेको थियो । उक्त १० वर्गमा कला, मनोरंजन तथा खेलकुद, वित्तीय तथा उद्यम पूँजी, संचार, बजारीकरण तथा बिज्ञापन आदि रहेका थिए ।
२३ वर्षीया अमात्य युवा नेपाली सामाजिक उद्यमी तथा हाल उनी युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् ।
अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन स्थापना कि संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् ।