अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको सैन्य कारबाही ‘परिपक्व ढङ्गमा गरिएको’ र ‘उद्देश्य पूरा भएको’ जनाएका छन्।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले तीन सरकारी स्थानहरूमा बम आक्रमण गरेका थिए।
निशाना बनाइएका स्थानहरूमा रासायनिक अस्त्र राखिएको उनीहरू दाबी छ।
सिरियाली पक्षले गत शनिवार डुमामा एउटा घातक रासायनिक आक्रमण गरेको आशङ्कामा त्यसको जवाफ दिन ती देशहरूले सिरियामाथि संयुक्त कारबाही गरेका हुन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि गरिएको आक्रमणको निन्दा गरेका छन्।
रुस सिरियाको प्रमुख साझेदार हो। उसले आफ्ना फौजमाथि आक्रमण भए प्रतिकार गर्ने चेतावनी दिएको थियो।
स्थानीय समयअनुसार बिहानै ट्वीट गर्दै ट्रम्पले फ्रान्स र संयुक्त अधिराज्यलाई उनीहरूको “विवेक र कुशल सैनिक शक्ति’ का लागि धन्यवाद दिएका छन्।
“…योभन्दा राम्रो नतिजा हुन सक्दैथ्यो। मिशन सम्पन्न!”
“आफ्नो महान् सेनाप्रति गौरवान्वित” भएको भन्दै ट्रम्पले अतिरिक्त आर्थिक सहयोगपछि त्यो देशको अहिलेसम्मकै अतिकुशल सेना हुने टिप्पणी गरेका छन्।
A perfectly executed strike last night. Thank you to France and the United Kingdom for their wisdom and the power of their fine Military. Could not have had a better result. Mission Accomplished!
— Donald J. Trump (@realDonaldTrump) April 14, 2018