नेपाली मूलका अर्थशास्त्री पाठकलाई नोबेल पछिको दोस्रो ठूलो उपाधि

नेपाली मूलका अर्थशास्त्री पाठकलाई नोबेल पछिको दोस्रो ठूलो उपाधि
समाचार

नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई जोन बेट्स क्लार्क मेडल २०१८ प्रदान गरिने भएको छ ।

जोन बेट्स क्लार्क मेडल अर्थशास्त्रमा नोबेल पुरस्कारपछि दोस्रो ठूलो उपाधि हो ।

अमेरिकन इकोनोमिक एसोसिएसनका अनुासार, अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएबापत पाठकलाई मेडल प्रदान गरिन लागेको हो ।

अमेरिकन इकोनोमिक एसोसिएसनले यो मेडल ४० बर्षभन्दा कम उमेरका युवा अर्थशास्त्रीलाई प्रदान गर्दै आएको छ ।

म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका पाठकले ३७ बर्षको उमेरमा मेडल प्राप्त गर्न सफल भएका हुन् ।

उनले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।

उनको जन्म सन् १९८० मा अमेरिकाको न्यूयोर्कमा भएको हो । उनका बुबाआमा काठमाडौंबाट अमेरिका बसाइँ सरेका थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाइड म्याथम्याटिक्समा स्नातक र स्नातकोत्तर गरेका छन् ।

Post Comment