अमेरिकाबाट ९ हजार नेपाली फर्किन्छन ?

अमेरिकाबाट ९ हजार नेपाली फर्किन्छन ?
समाचार

अमेरिकाले नेपालीलाई दिँदै आएको अस्थायी बसोबास सुविधा अर्थात् टीपीएस सन् २०१९ को जुनबाट खारेज गर्ने निर्णय अमेरिकी सरकारले गरेको छ ।

तीन वर्षअघिको भूकम्पपछि अमेरिकामा कागजात नभएका नेपालीलाई बस्न, काम गर्न र नेपाल आउजाउ गर्न दिन टीपीएस अर्थात् अस्थायी बसोबास सुविधा दिइएको थियो ।

अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयले भूकम्पले निम्त्याएको मानवीय संकट समाधान हुँदै गएको भन्दै स्वदेश फर्कन वा आफ्नो हैसियत बदल्न एक वर्ष समय दिइएको जनाएको हो ।

नेपालीले तीन वर्षयता पाएको उक्त सुविधाको म्याद आउँदो जुन २४ मा सकिंदै छ ।

म्याद सकिएपछि उक्त कार्यक्रम कटौती हुने खबर आएपछि अमेरिकामा रहेका नेपाली संघसंस्थाह्रुले पनि स्टाटस कम्तिमा एक वर्षसम्म भएपनि थप्नका लागि दौडधूप गरेका थिए ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरिटीले राष्ट्रपति ओबामाको कार्यकालका क्रममा सुरुमा १८ महिनाका लागि दिइएको यो सुविधा अर्को एक पटक त्यतिनै समयका लागि थपेको थियो ।

डिपार्टमेन्ट अफ होमलेण्ड सेक्युरिटीकी मन्त्री क्रिश्चेन नेल्सनले नेपालीलाई दिइएका टीपीएस सुविधाबारे घोषणा गरेका थिए ।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार सुरुमा करीब ११ हजार नेपालीले टीपीएस लिएकामा अहिले यस्तो संख्या नौं हजार रहेको बताइएको छ ।

भूकम्पपछिको अवस्थामा नेपालमा सुधार आएकाले टीपीएस सेवा लिइरहेकाले एक वर्षभित्र आफ्नो हैसियत परिवर्तन गर्नुपर्ने वा नेपाल फर्कनुपर्ने भन्ने सूचनामा उल्लेख गरिएको छ ।

Post Comment